Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

३५ अंकले घट्यो नेप्से, ५ अर्ब ९७ करोडको कारोबार

३५ अंकले घट्यो नेप्से, ५ अर्ब ९७ करोडको कारोबार


  • 2.4K
    Shares

    ३५ अंकले घट्यो नेप्से, ५ अर्ब ९७ करोडको कारोबार
    images

    काठमाडौँ । बुधबार कारोबार सुरु भएको ३ मिनेटमै २२ सय नाघेको सेयर बजार अन्तत : बन्द हुँदा अघिल्लो दिनको तुलनामा ३५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २१५० अंकमा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम भने बढेको छ ।

    हिजो ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ५ अर्ब ९७ करोडको कारोबार भयो । जम्मा ३६ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने १ को स्थिर रहृयो । जीवन बीमा बाहेकका सबै उपसमूह घटेका छन् । जीवन बीमा उपसमूह ३०४ अंक बढ्यो ।

    बैंकिङ १९, विकास बैंक ९७, फाइनान्स ५८, होटल तथा पर्यटन १५६, जलविद्युत् ५०, माइक्रोफाइनान्स १२८, निर्जीवन बीमा ५९, अन्य ५२ र ब्यापार उपसमूह ६६ अंक घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । 

    हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्लु लघुवित्त र सिटी होटलको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल, एसिएन लाइफ इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

    प्रकाशित मिति :आषाढ १३ २०८० बुधवार - १४:३०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij