Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

रामहरि खतिवडाको व्यङ्ग्य : ‘जलहरीमा पिए, ड्राईभर, कार्यालय सहयोगीको नाम पनि स्वर्ण अक्षरले लेखियोस्’

रामहरि खतिवडाको व्यङ्ग्य : ‘जलहरीमा पिए, ड्राईभर, कार्यालय सहयोगीको नाम पनि स्वर्ण अक्षरले लेखियोस्’


  • 2.2K
    Shares

    रामहरि खतिवडाको व्यङ्ग्य : ‘जलहरीमा पिए, ड्राईभर, कार्यालय सहयोगीको नाम पनि स्वर्ण अक्षरले लेखियोस्’

    काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीमा सवारी चालक, कार्यालय सहयोगी, पिएसओ लगायतको नामपनि लेख्न माग गरेका छन् । 

    आज भएको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरी प्रकरणमा दुईवटा मुचुल्का तयार पारिएको बताउँदै मुचुल्कामा ९६ किलो सुन र परीक्षणमा १०७ किलो सुन पाइएको भन्दै शंकाष्पद भएको बताए । 

    उनले जलहरीमा सुनको अक्षरले नाम लेखेको सूचना प्राप्त भएको भन्दै व्यङ्ग्य समेत गरे । उनले भने– ‘१३ जनाको नाम जलहरीमा स्वर्ण अक्षरले लेखेको जानकारी प्राप्त भयो । 

    केही ड्राइभरहरु केही कार्यालय सहयोगीहरु, केही पिएसओहरु, प्रधानमन्त्री, मन्त्रीका केही पिएहरु छुटेको समाचार आएको छ । क–कसले लेख्ने हो, सञ्चारमन्त्रीले हो कि पर्यटनमन्त्रीले त्यो लेख्न नछुटाइयोस् र त्यसबारे जानकारी गराइयोस् । स्वर्ण अक्षरले नाम लेख्ने परम्परा कायम होस् ।’

    यस्तै ललिता निवास प्रकरणमा साना माछाहरु ढोक्सामा पर्न लागेको सुनेको बताउँदै ४ आना, ८ आना, १६ आना, ३२ आनाका माछाहरु पनि ढोक्सामा पर्ने व्यवस्था गर्न माग गरे । ठूला माछाहरु छोड्ने र साना माछा समात्ने काम नगर्न आग्रह गरे ।

     

    प्रकाशित मिति :आषाढ १३ २०८० बुधवार - ११:३९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij