Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमाले र राप्रपाको विरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित

एमाले र राप्रपाको विरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित


  • 2.7K
    Shares

    एमाले र राप्रपाको विरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित

    मकवानपुर । बागमती प्रदेशसभाका विपक्षी दलहरूको अवरोध पछि प्रदेशसभा बैठक स्थगित गरिएको छ । मंगलबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा एमालेसहितका प्रतिपक्ष दलले विरोध गर्दै संसदमा अवरोध गरेका हुन् ।

    बैठकमा एमालेसहित राप्रपाका सांसदहरुले आसनबाट उठेर विरोध गर्दै सदन सञ्चालनमा अवरोध खडा गरेका थिए । मंगलबार अपराह्न ४ बजे बसेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमाथिको छलफलका क्रममा एमाले र राप्रपाका सांसदहरुले अवरोध सृजना गरेका थिए ।

    प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सदन सञ्चालन गरेसँगै विपक्षी दलको तर्फबाट एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले विशेष समय लिएर आफ्नो भनाई राखेका थिए । नेता थपलियाले सम्बोधन गर्दै सरकारले बजेट निश्चित निर्वाचन क्षेत्रलाई मात्र समेटेको उल्लेख गरे ।

    सरकारले बजेटमा सन्तुलन कायम गर्न नसकेको उनले बताए । प्रदेशको सिन्धुपाल्चोक, नुवाकोट काभ्रे जिल्लाका केही निर्वाचन क्षेत्रलाई मात्र समेटेको उनले बताए । उनले प्रतिपक्षीले दिएको सुझाव बजेटमा नसमेटिएको, मुख्यमन्त्री र मन्त्रीमुखी बजेट ल्याएको आरोप लगाएका थिए ।

    नेता थपलियाको सदनमा सम्बोधन सकिएसँगै एमाले सांसदले उठेर बैठकमा अवरोध सिर्जना गरेका थिए । विरोधका बीच सभामुख पाठकले सदन सञ्चालनको तयारी गरेपछि विपक्षी दलका सांसदहरु रोष्टम घेर्न पुगेका थिए ।

    एमाले र राप्रपाको सांसदको विरोधसँगै सभामुख पाठकले सदन ६ बजे अर्को बैठक बस्ने गरी स्थगित गरेका छन् । प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको थियो । बजेट सार्वजनिक भएसँगै प्रदेशसभाको बैठक ११ दिनका लागि स्थगित गरिएको थियो ।

    प्रकाशित मिति :आषाढ १२ २०८० मंगलवार - १७:०४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij