२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित हुन गएको बताएका हुन्।
उनले बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका धेरै योजनाहरु समेट्न नसकेको बताए। उनले सांसदहरुलाई खुशी बनाउन नसकेको भन्दै मन्त्रीले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको बताए।
मन्त्री किराँतीले सकभर देशभर सञ्चालन हुने गरी बढीभन्दा बढी साना–साना बजेटका कार्यक्रमहरु समावेश गरिएको बताए। त्यस्तै, प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण साँस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पूर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उनले बताए।
उनले भने, ‘सदाझैँ यसपालि मन्त्रालयको सिलिङ बजेटको व्यवस्था भएन। हाम्रो मन्त्रालयमा जिरो थियो सिलिङ बजेट। पुरातत्व विभाग र पर्यटन विभागमाथि हामी भर पर्नु पर्यो। धरै योजनाहरु अटाउनै सकिएन। सबैको चित्त प्रशन्न बनाउनै सकिएन। बाटो छोडेर, छलेर हिँड्नुपर्ने स्थिति छ मन्त्रीको। स्वभाविक रुपमा बजेट असन्तुलन हुन गएको छ। त्यसको निम्ति यो सम्मानित सदनमा म क्षमाप्रार्थी छु।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij