२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क ताइयोङले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेका छन्।
सोमबार सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको सचिवालयमा भेटघाट भएको हो। भेटघाटका क्रममा दुई देशको सम्बन्धका बारेमा विस्तृत रूपमा छलफल भएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए।
उनले भेटले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउने सहयोगका क्षेत्रहरू फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने र पर्यटक भित्र्याउने कुरामा जोड दिएको बताए।
अध्यक्ष तिमिल्सिनाले भने, ‘नेपालका लागि नवनियुक्त कोरियाली राजदूतसँग शिष्टाचार भेट भयो। दुई देशको सम्बन्धका बारेमा विस्तृत रूपमा हामीले छलफल गर्यौँ। यसले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा अझ उचाइमा पुर्याउने, सहयोगका क्षेत्रहरू फराकिलो बनाउने, नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा उहाँ उत्साहित हुनुहुन्छ।
कोरियामा नेपाल एयरलाइन्सलाई अब उडान भर्नुपर्छ भन्नेकुरामा पनि छलफल भयो। यसले आवागमनमा सहज हुनेछ भन्ने छलफल भएको छ।’ राजदूतसँगको भेटमा अनुभवहरुको आदानप्रदानका बारेमा पनि छलफल भएको अध्यक्ष तिमिल्सिनाले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij