Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सर्वोच्चको गेटअगाडि प्रदर्शन गर्न खोजेपछि आरती रावल र बिनु यादव पक्राउ

सर्वोच्चको गेटअगाडि प्रदर्शन गर्न खोजेपछि आरती रावल र बिनु यादव पक्राउ


  • 1.9K
    Shares

    सर्वोच्चको गेटअगाडि प्रदर्शन गर्न खोजेपछि आरती रावल र बिनु यादव पक्राउ

    काठमाडौँ । सर्वोच्चको अदालतको गेटअगाडि प्रदर्शन गर्न खोजेपछि आरती रावल र बिनु यादव पक्राउ परेका छन् । सेतो साडी लगाएर सर्वोच्चअगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।  

    आफ्ना पति भुवन गिरीलाई वैवाहिक बलात्कारको कसुरमा कारवाहीको माग गर्दै रावल बिनु यादवको साथमा सर्वोच्च अदालतअगाडि पुगेकी थिइन् । त्यहाँ प्रदर्शन गर्नै लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई उनीहरुलाई प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ ।

    न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको कसुरमा मुद्दा दर्ता भएलगत्तै उनी निलम्बनमा परेका थिए । काठमाडौं र रुपन्देही जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा विचाराधीन रहेकै अवस्थामा अदालतलाई दबाव दिने उद्धेश्यले उनीहरुले प्रदर्शन गर्न खोजेका थिए । 

    गिरी यसअघि नै धरौटीमा रिहा भइसकेका छन् । सामान्यत : वैवाहिक बलात्कारको मुद्दामा थुनामा नराखी धरौटीमा रिहा गर्ने गरिन्छ ।  तर गिरीलाई थुनामै राख्नुपर्ने र दोषी ठहर गर्नुपर्ने भन्दै रावल अदालतलाई प्रभावित बनाउन प्रदर्शनमा उत्रिएकी हुन् ।

    आरती रावलविरुद्ध कपिलवस्तु जिल्ला अदालतमा चोरी तथा बाँके जिल्ला अदालतमा सरकारी कागजात कीर्ते र सम्बन्धविच्छेदको मुद्दासमेत विचाराधीन अवस्थामा रहेका छन् । निलम्बित न्यायाधीश गिरीले आफूलाई दबावमा राखी जबरजस्ती विवाह गर्न बाध्य पारिएको र अहिले पनि पटकपटक ब्ल्याकमेल र मानसिक यातना दिएको दावी गरेका छन् ।

     

    प्रकाशित मिति :आषाढ १० २०८० आइतवार - १६:०७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij