Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

संसद्ले नै बजेट परिमार्जन गर्न सक्ने व्यवस्था गरौँ : प्रमुख सचेतक रमेश लेखक

संसद्ले नै बजेट परिमार्जन गर्न सक्ने व्यवस्था गरौँ : प्रमुख सचेतक रमेश लेखक


  • 3.7K
    Shares

    संसद्ले नै बजेट परिमार्जन गर्न सक्ने व्यवस्था गरौँ : प्रमुख सचेतक रमेश लेखक

    काठमाडौँ ।आज प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बोल्दै आजसम्म बजेट संशोधन हुन नसक्ने व्यवस्था रहेको भन्दै आगामी दिनमा सांसदले बजेट संशोधन गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

    लेखकले बजेट संशोधन हुँदैन भने सांसदभित्र बजेटको सम्बन्धमा भएको छलफलको औचित्य माथि नै प्रश्न उठ्न थालेको भन्दै यसप्रति सबै गम्भीर हुनुपर्ने बताए । उनले बजेटको सवालमा संसद्को भूमिका निर्धारण गर्न जरुरी रहेको बताए । 

    हाल भएको अवधारणालाई परिमार्जन गरेर संसद्बाट बजेट परिमार्जन हुनसक्छ भन्ने अवधारणा बनाउनुपर्ने लेखकले बताए । यद्यपि सरकारले यस पटक ल्याएको बजेट भने समय अभावका कारण संशोधन हुन नसक्ने उनको भनाई छ ।

    प्रमुख सचेतक लेखकले सांसदहरू विकासको प्रतिनिधि हो कि कानुन निर्माणको जिम्मा लिएर आएको हो भन्ने कुरामा पनि स्पष्टता हुन नसकेको बताए । सांसदहरू चुनाव लड्दा विकासका कुरा गरेर लड्ने तर संसद्मा पुगिसकेपछि कानुन निर्माताको रूपमा परिभाषित हुने गरेको भन्दै उनले यो विरोधाभासलाई स्पष्ट पार्नुपर्ने बताए । 

    प्रकाशित मिति :आषाढ १० २०८० आइतवार - ११:२०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij