२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको संगठन सुदृढ र चलायमान बनाउने, केन्द्रीय समिति बैठकको निर्णय कार्यान्वयन गर्ने विषयमा छलफल हुनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij