Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

अदालतमै पूर्वन्यायाधीश गिरीमाथि श्रीमतीले गरिन् जुत्ता प्रहार

अदालतमै पूर्वन्यायाधीश गिरीमाथि श्रीमतीले गरिन् जुत्ता प्रहार


  • 2.4K
    Shares

    अदालतमै पूर्वन्यायाधीश गिरीमाथि श्रीमतीले गरिन् जुत्ता प्रहार

    काठमाडौं ।पूर्वन्यायाधीश भुवन गिरीमाथि काठमाडौं जिल्ला अदालतमा जुत्ता प्रहार भएको छ । गिरीलाई अदालतभित्रै उनको श्रीमती आरती गिरीले जुत्ता प्रहार गरेकी हुन् ।

    बैबाहिक बलात्कारको मुद्दामा पेशी बुझन आएका पूर्वन्यायाधीश गिरीलाई जुत्ता प्रहार गरेकी थिइन् । आरती पनि पेशी बुझन आएकी थिइन् ।  उनले जुत्ता प्रहार  गरेपछि प्रहरीले अदातलबाट बाहिर निकालेर गेट बाहिर राखेको थियो । गिरीले रुँदै राज्यले बलात्कारीलाई सेवा गरेको गुनासो पोखिन् ।

    उनले श्रीमानविरुद्ध केही समय बैबाहिक बलात्कारको मुद्दा हालेकी थिइन् । यसअघि पनि आरतीले न्यायको माग गर्दै  श्रीमानविरुद्ध विरोध गर्दै आएकी थिइन् ।

    गिरी गत चैत २८ गते पक्राउ परेका थिए । गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

     

     

    प्रकाशित मिति :आषाढ ८ २०८० शुक्रवार - १४:४४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij