Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने कुनै आधार छैन’

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने कुनै आधार छैन’


  • 1.7K
    Shares

    ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने कुनै आधार छैन’
    images

    काठमाडौँ । स्वतन्त्र सांसद डाअमरेशकुमार सिंहले पर्यटन विकासको गुरुयोजना र रणनीतिक योजनाविना कार्यक्रम नल्याउन माग गरेका छन्।  

    शुक्रबार  प्रतिनिधिसभा सभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतिसहित छलफलमा भाग लिँदै सांसद सिंहले योजना ल्याउनुअघि गहिरो अध्ययन हुनु आवश्यक रहेको बताए।

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नरहेको बताए। भने, ‘हाल निर्मित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल (भैरहरवा एयरपोर्ट र पोखरा एयरपोर्ट) नै पूर्ण सञ्चालनमा नआएको अवस्थामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने कुनै आधार छैन।’ 

    उनले फास्टट्रयाक जोड्नका लागि मात्रै एयरपोर्ट निर्माण आवश्यक नभएको बताए।

    योजना आयोग कर्मकाण्डी आयोग साबित भएको टिप्पणी गर्दै अल्कालीन,मध्यमकालीन र दिर्घकालीन योजना हुनुपर्नेमा जोड दिँदै योजना बैंक निर्माण गर्न आग्रह गरे। पर्यटन क्षेत्रमा जति विकास हुनुपर्ने हो त्यति  हुन सकेको उनको भनाइ छ।

     

    प्रकाशित मिति :आषाढ ८ २०८० शुक्रवार - १४:३६:५१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij