Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

रास्वपा र मेरो सोच ठ्याक्कै मिलेपछि राजनीतिमा प्रवेश गरे : अनिल केशरी शाह

रास्वपा र मेरो सोच ठ्याक्कै मिलेपछि राजनीतिमा प्रवेश गरे : अनिल केशरी शाह


  • 2.7K
    Shares

    रास्वपा र मेरो सोच ठ्याक्कै मिलेपछि राजनीतिमा प्रवेश गरे : अनिल केशरी शाह

    काठमाडौँ । पूर्व बैंकर अनिल केशरी शाहले नेपालीमा नेतृत्व विकासका लागि सीप प्रयोग गर्न आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको बताएका छन् ।  रास्वपा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपा र आफ्नो सोच मिलेको पनि बताए ।

     ‘बैङ्किङ करिअर छाडेपछि मैले नेतृत्व विकासको तालिम दिइरहेको थिएँ’, उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग मेरो लामो बहस भयो। बहसपछि मलाई लाग्यो, उहाँहरूको सोच र मेरो सोच ठ्याक्कै मिल्यो।’ 

    यसपछि आफू रास्वपामा प्रवेश गर्न तयार भएको बताए । ‘सबै क्षेत्रमा नेतृत्वको विकास गराउने मेरो सीप यहाँ प्रयोग गर्न सक्छु भन्ने लागेको भएर आज यहाँ आएको छु । 

    प्रवेश भनेको फिनिसिङ लाइन होइन, सुरुवात मात्र हो ।’ शाहले सबैलाई रास्वपा प्रवेशका लागि आह्वान पनि गरे । बिहीबार रास्वपा प्रवेश गरेका शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

     

    प्रकाशित मिति :आषाढ ७ २०८० बिहिवार - १३:०८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij