२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असार तेस्रो साता बस्ने भएको छ । बैठकमा पार्टी एकतासहित संगठनलाई चलायमान बनाउने लगायतका विषयमा छलफल हुने भएको छ ।
नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीबीच एकताबारे लामो समयदेखि पहल भई रहेपनि मूर्तरुप लिन नसकेको सन्दर्भमा यसबारेमा पनि छलफल हुने पार्टी कार्यलय सचिव डोरप्रसाद उपाध्याय निर्मलले बताए ।
निर्मलका अनुसार बैठक असार २३ गतेदेखि सुरु हुने छ । चार दिनसम चल्ने बैठकमा पार्टीको २ महिने अभियान, सरकारको काम कारवाही, समाजवादी मोर्चा र नेसपासँगको एकताको बिषयमा छलफल हुने उनको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij