२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संसद् सरकारको कठपुतली बनिरहेको टिप्पणी गरेकी छन् । बुधबार संसद्मा जारी मन्त्रालयगत छलफलमा भाग लिँदै उनले भनेकी छन्, “संसद् घुमाउरो पारामा सरकारको कठपुतली बनिरहेको छ । यो देशका लागि खतरा हो, घात हो ।”
उनले भने, “मन्त्रालयबाट ड्राफ्ट आउँछ, मन्त्रीज्यूले यहाँ टेबल गरिदिनुहुन्छ, त्यसपछि बहसमा त्यो विषयवस्तु आउँछ, हामी सबै त्यो विषयवस्तुमा तयार यदि छैन भनेदेखि हाम्रो छलफल उत्कृष्ट हुन सक्दैन । र, कानून कमजोर बनेर आउँछ । त्यो राष्ट्रका लागि घात हो ।”
उनले सत्तापक्षीय सांसदहरूले विधेयक पारित गर्नैपर्ने ठाउँमा रहेको पनि बताइन् । त्यसले कानून कमजोर हुने उल्लेख गर्दै उनले भनेकी छन्, “सत्ता पक्षका सांसदहरू सरकारले ल्याएर आएका विधेयकलाई गटट‘ ताली बजाएर पास गर्नैपर्ने अवस्थामा हुनुहुन्छ, यसरी कानून कसरी उत्कृष्ट आउँछ, म छक्क परिरहेको छु ।”
उनले कानून बनाउनेहरूलाई सम्बन्धित विषयस्तुको ज्ञान हुनैपर्ने बताइन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij