Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सांसद सिंहको प्रश्न : रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने, अन्य मुद्दामा वर्षौ लाग्ने ?

सांसद सिंहको प्रश्न : रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने, अन्य मुद्दामा वर्षौ लाग्ने ?


  • 2.3K
    Shares

    सांसद सिंहको प्रश्न : रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने, अन्य मुद्दामा वर्षौ लाग्ने ?

    काठमाडौँ । सांसद अमरेश कुमार सिंहले नागरिकताको विषयमा आफ्नै नागरिकसँग भेदभाव नगर्न सरकारसँग आग्रह गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद सिंहले रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने र अन्यको मुद्दा भने बर्षौ लाग्ने राजनीतिक प्रभाव अदालतमा पनि देखिएको बताएका हुन् । 

    नागरिकता नपाएकाहरु केही दिनदेखि धर्नामा बसिरहेका छन्। साथसाथै संविधान सभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनसन बसेका छन् । उनी बीर हस्पिटलमा छन् । 

    एकातिर २०७२ मा कानून जारी भयो नागरिकता कानून तुरुन्तै बनाउनुपर्छ भनेर तर कार्यन्वयन भएन । उनले भने, हाम्रो राजनीतिक दल र तत्कालीन सरकार त्यसमा चुकेको छ । 

    नागरिकप्रति न्यायोचित व्यवहार हुनुपर्ने त्यो पनि सरकारले गर्न सकेको छैन् । कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस। रवि लामिछानेको मुद्धा एकै दिन फैसला हुने अरु मुद्धामा चाहीँ वर्षौ लाग्ने अदालतले पनि राजनीतिक प्रभावमा परेको देखिन्छ ।

     

    प्रकाशित मिति :आषाढ ६ २०८० बुधवार - १२:३२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij