२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेप्सेको सिस्टममा समस्या देखिएको छ । बुधबार बिहान ११ बजेर १८ मिनेटसम्म पूर्ववत अवस्थामा चालु रहेको सेयर बजार त्यसपछि भने नेप्सेको सिस्टमामा समस्या देखिँदा टीएमएस र नेप्सेको वेबसाइटमा गलत तथ्यांक देखिएको छ ।
नेप्सेको टीएमएस र वेबसाइट दुबैमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य १०० प्रतिशतले घटेर शून्य रुपैयाँमा झरेको देखिएको छ । ११ बजेर १८ मिनेटसम्म हरियो रहेको नेप्से इन्डेक्स पनि ८६.३८ अंकले घटेको देखिएको छ ।
अन्य कम्पनीको सेयर कारोबार चालु भए पनि नेपाल इन्फ्रास्ट्रचर बैंकको सेयर कारोबारमा समस्या देखिँदा इन्डेक्स पनि घटेको देखिएको धितोपत्र दलाल व्यवसायीहरु बताउँछन् । कम्पनीको सेयर मूल्य ५९४ रुपैयाँले घटेको देखिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij