Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको ३ कम्पनीको सेयर भर्ने आज अन्तिम दिन

एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको ३ कम्पनीको सेयर भर्ने आज अन्तिम दिन


  • 7.6K
    Shares

    एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको ३ कम्पनीको सेयर भर्ने आज अन्तिम दिन
    images

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलामीमा ल्याएको ३ कम्पनीको सेयर भर्ने आज (फागुन १२ गते, बुधबार) अन्तिम दिन रहेको छ ।

    बैंकले आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ३६ हजार ३ सय ६१ कित्ता, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ हजार २ सय कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ९८ हजार ५ सय ९८ कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

    जसमा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड​को मूल्य ५२३ रूपैयाँ, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य ८१२ र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड​को मूल्य ४६३ रूपैयाँ तोकिएको छ ।

    उक्त सेयरमा लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आजसम्म आवेदन दिन सक्नेछन् ।
    त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

    लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७७ बुधवार - ११:३९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij