Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नागरिक लगानी कोषले सेयर लिलामी गर्ने, २१ गतेदेखि बिक्री खुला

नागरिक लगानी कोषले सेयर लिलामी गर्ने, २१ गतेदेखि बिक्री खुला


  • 7.0K
    Shares

    नागरिक लगानी कोषले सेयर लिलामी गर्ने, २१ गतेदेखि बिक्री खुला

    काठमाडौं । नागरिक लगानी कोषले बुधवारदेखि अवितरित ३ लाख ५४ हजार १५० दशमलव शून्य ५ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको छ ।

    कोषले गत पुस २८ देखि माघ १९ गतेदेखि विक्री खुला गर्दा माग नभएको सर्बसाधारणतर्फको उक्त शेयर चैत २ गतेसम्मका लागि विक्री खुला गरेको हो । यो शेयरको न्यूनतम मूल्य रू। १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

    शेयर खरीदका लागि बोलकबोल पेश गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कोषको शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

    विक्री प्रबन्धकसँगै राष्ट्रिय वाणिज्य बैंकको वीरगञ्ज, जनकपुर, चितवन, बाग्लुङ, बुटवल, रुपन्देही, बाँके, वीरेन्द्रनगर, धनगढी, कैलाली, झापा, हेटौंडा, दाङ र महेन्द्रनगरको शाखा कार्यालयमा पनि बोलपत्र बुझाउन सकिनेछ । साथै नागरिक लगानी कोषको नयाँ बानेश्वर, काठमाडौं तथा शाखा कार्यालयहरु विराटनगर र पोखरामा पनि बोलपत्र बुझाउन सकिनेछ ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७७ बुधवार - ११:१९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij