Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

आजबाट ललितपुर र भक्तपुरमा पनि ट्राफिक सचेतना कक्षा सञ्चालन हुने 

आजबाट ललितपुर र भक्तपुरमा पनि ट्राफिक सचेतना कक्षा सञ्चालन हुने 


  • 2.2K
    Shares

    आजबाट ललितपुर र भक्तपुरमा पनि ट्राफिक सचेतना कक्षा सञ्चालन हुने 
    images

    काठमाडौँ । काठमाडौँ उपत्यकाका थप दुई जिल्लामा पनि आजबाट ट्राफिक  सचेतना  कक्षा सुरू गरिएको छ ।

    भक्तपुरको चुनदेवी स्थित ट्राफिक प्रहरी परिसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले र प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले ललितपुरको सातदोबाटो स्थित ट्राफिक प्रहरी परिसरमा आज एक कार्यक्रम बीच सचेतता कक्षाको समुद्घाटन गरेका हुन् । 

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मात्र हुँदै आएको सचेतता कक्षा सेवाग्राहीको सुविधालाई मध्यनजर गरी आइतबारबाट ललितपुर र भक्तपुर जिल्लामा पनि सुरु गरिएको प्रवक्ता भट्टले जानकारी दिए  । 

    तीव्र गतिमा सवारी चलाउँदा र रातो बत्ती तथा सडक लेन उल्लङ्घन गरेको कसुरमा ललितपुर र भक्तपुर जिल्लामा कारबाहीमा परेका चालकले सम्बन्धित जिल्लामै सचेतता कक्षा लिनु पर्ने छ ।  

    काठमाडौँ, ललितपुर र भक्तपुरमा मदिरा सेवन गरि सवारी साधन चलाउँदा कारबाहीमा परेका चालकले भने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमै आएर सचेतता कक्षा लिनु पर्ने छ ।  

     

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - १५:१०:०९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij