Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग

सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग


  • 1.8K
    Shares

    सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग
    images

    काठमाडौँ । सांसद अबदुल खानल शिक्षकको तबल कटौती गर्न नहुने बताएका छन् । आजको सङ्घीय संसद, प्रतिनिधिसभाको वैठकमा उनले शिक्षकको तलब कटौती गर्न नहुने भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।  

    बैठकमा सांसद अमरबहादुर थापाले पासपोर्ट बनाउने क्रममा आम जनताले भोग्नुपरेको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराए । “पासपार्ट बनाउँदा जनतालाई दुःख दिने काम नहोस्,  सहकारी पीडित र नागरिकता पीडितको समस्या समाधान होस्”, उनले भने ।

    सांसद महेशकुमार बर्तौलाले किसानले कालीमाटीमा गरेको आन्दोलनलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गरे ।  “सरकारले बजार सुनिश्चितताको जिम्मा लिनुपर्छ, किसानका लागि क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ”, उनले भने । 

    त्यसैगरी सांसद रामकुमार राईले अविरल वर्षाका कारण पूर्वका जिल्लामा जनधनको ठूलो क्षति भएको बताउँदै सङ्खुवासभामा १७ जना बेपत्ता भएको, नौ जनाको मृत्य भएको र पुल पनि बगाएको बताए । ताप्लेजुङमा पनि ठूलो क्षति भएको भन्दै उनले त्यहाँ घर बगाउँदा मानिस बेपत्ता भएको बताए ।

    “खोजी जारी छ, तर शव भेटिएको छैन, त्यसैगरी पाँचथरमा पनि बेपत्तासँगै ठूलो क्षति भएको छ, जलविद्युत् आयोजना, सिँचाइमा क्षति पुगेको छ भने खेती हुने जग्गा बगरमा परिणत भएका छन् । सरकारले जतिसक्दो चाँडो व्यवस्थित ढङ्गले उद्धार गरी  बेपत्ताको खोजी गरोस्”, उनले भने ।

    सांसद अशोककुमार चौधरीले विपत्का कारण ताप्लेजुङमा विद्युत् आपूर्ति बन्द भएको, हालसम्म ताप्लेजुङमा पाँच र पाँचथरमा पाँच जना बेपत्ता भएको जानकारी दिए । उनले खोजीकार्यमा ढिलाइ भएको प्रति दुःख व्यक्त  गरे । उनले पीडितको हेलिकोप्टरमार्फत उद्धार गर्नुपर्ने भन्दै अत्यावश्यक सामग्रीको चाँडो व्यवस्था गर्न र सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरे । 

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - १४:००:०८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij