Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

अदालतले सही फैसला गर्छ भन्ने विश्वास छ भन्दै प्रचण्डले किन भने "हामी युद्धमा नै छौँ"

अदालतले सही फैसला गर्छ भन्ने विश्वास छ भन्दै प्रचण्डले किन भने "हामी युद्धमा नै छौँ"


  • 4.5K
    Shares

    अदालतले सही फैसला गर्छ भन्ने विश्वास छ भन्दै प्रचण्डले किन भने "हामी युद्धमा नै छौँ"
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा संसद् पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

    मंगलबार मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रममा बोल्दै उनले अदालतमा बहस सकिएर हेर्दाहेर्दैमा रहेकाले कुनै पनि बेला फैसला हुने बताए ।

    “मलाई विश्वास छ, भोलि, पर्सि, निपर्सिसम्म सर्वोच्च अदालतले यो संविधानमाथि गरिएको घातलाई सच्याउने छ । र, संसद् पुनःस्थापित हुनेछ । हामी त्यहीबाट नयाँ कानुन बनाउने जनताको हक, अधिकार स्थापति गर्ने मौलिक अधिकार संविधानामा लेखिएको छ । तर, केपी ओलीको सरकारले लागु गरेको छैन । हामी त्यसलाई लागु् गर्नेछौँ,’’ उनले भने ।

    प्रचण्डले देश फेरि संकटमा जाने हो कि भन्ने खतरा उत्पन्न भएको बताए । उनले विगत दुई महिनायता आफूहरु शान्तिपूर्ण युद्धमा रहेको भन्दै त्यसलाई जित्नैपर्ने धारणा राखे ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७७ मंगलवार - १६:४४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij