२०८२ भाद्र ८ गते आइतवार
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले २०७५ फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकमार्फत विप्लव समूहको गतिविधि आपराधिक भएको भन्दै लगाएको प्रतिबन्ध फुकुवा गर्न ओली राजी भएको पाईएको छ ।
मन्त्रिपरिषदको आजको बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न टोली गठनबारे छलफल भएको छ । सरकारबाट कम्तिमा तीन सदस्यीय वार्ता टोली गठनको तयारी भएको छ ।
विश्वस्त स्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेल या परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीमध्ये एकको नेतृत्वमा वार्ता टोली गठन हुनेछ । टोलीमा खानेपानीमन्त्री मणि थापा समेत रहनेछन् । विप्लबलाई प्रचण्ड सिध्याउने अस्त्रका रुपमा उनले भनेका सबै बिषयको सम्बोधन गर्ने ओलीको मनसाय भएको श्रोतको भनाई छ।
यसैगरी, विप्लव समूहले पोलिटब्युरो सदस्य चिरन पुन, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धर्मेन्द्र बाँस्तोलासहितको टोली गठन गर्ने बुझिएको छ ।
आजको क्याबिनेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बिफिङ गरेका थिए । उनले ढुक्क भएर चुनावको तयारीमा लाग्न भने ।
बैठकमा विप्लवसँग वार्ताको तयारीबारे पनि प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेका थिए । छलफल भए पनि आजैको क्याबिनेटले प्रतिबन्ध फुकुवा गरेको नगरेको प्रष्ट भने भईसकेको छैन।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij