२०८२ भाद्र ८ गते आइतवार
काठमाडौँ । आज बिहान बसेको सुरक्षा परिषदको बैठक केही बेर अघि सकिएको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको परिषद् वैठक सकिएको हो।
बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको गतिविधिको समीक्षा गर्नुका साथै उक्त समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको स्रोतले बताएको छ । परिषद् बैठकलगत्तै २ बजे प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । मन्त्रिपरिषद्ले विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गर्न सक्ने उच्च सरकारी स्रोतले जनाएको छ । यसअघि परिषद्को बैठक ५ कात्तिक ०७७ मा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो । त्यही राति भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री ओलीले बालुवाटारमा स्वागत गरेका थिए ।
कतिपयले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै बैठक बोलाइएको अनुमान गरेका छन् । खासगरी राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषदको बैठक बस्ने गर्दछ । यसअघि गत कात्तिकमा सुरक्षा परिषदको बैठक बसेको थियो ।
प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परषिदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचवि र प्रधानसेनापति सदस्य रहन्छन् । मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सहभागी थिएनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij