Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

पाठ्यपुस्तक छपाइको आयव्यय सार्वजनिक गर्न माग गर्दै

पाठ्यपुस्तक छपाइको आयव्यय सार्वजनिक गर्न माग गर्दै


  • 2.1K
    Shares

    पाठ्यपुस्तक छपाइको आयव्यय सार्वजनिक गर्न माग गर्दै

    जनक शिक्षा कर्मचारी सङ्गठनले पाठ्यपुस्तक छपाइको आयव्यय सार्वजनिक गर्न माग गरेको छ । शैक्षिक सत्र २०७९/८० को पाठ्यपुस्तक छपाइको आयव्यय हिसाब श्वेतपत्रमार्फत यथाशीघ्र सार्वजनिक गर्न सङ्गठनले माग गरेको हो ।

    सङ्गठनका संयोजक जनखलाल भारतीले केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा लाई ज्ञापनपत्र दिँदै कक्षा १० को कोर्ष आउट भइसकेको पुस्तक बढी छापिएको विषयमा समेत ध्यानाकर्षण गराएका छन् । 

    शैक्षिक सत्र २०८० का लागि पाँच हजार मेट्रिक टन कागज आपूर्तिको जिम्मा लिएको नेपा हिमा प्रालिले हालसम्म आपूर्ति पूरा नगरी अन्य व्यवस्थाबाट पाठ्यपुस्तक छाप्नुपरेको सङ्गठनले जनाएको छ ।

    सङ्गठनले नेपालगञ्जमा प्रादेशिक प्रेस सञ्चालनका लागि आव २०८०/८१ को बजेटमा करिब रु २५ करोड रकम छुट्याइ यही आर्थिक वर्षमै सोही स्थानबाट पाठ्यपुस्तक उत्पादन गरी बिक्रीवितरणको व्यवस्था मिलाउन समेत माग गरेको छ ।

    सङ्गठनले कर्मचारी सेवा शर्त विनियमावली सम्बन्धित निकायबाट ल्याई कर्मचारीको वृत्ति विकासका कार्य नियमित गर्न, केन्द्रका फाजिल दरबन्दीमा रहेका हाल तीन तहमा कार्यरत कर्मचारीलाई विनियमावलीको व्यवस्था अनुसार विनाशर्त चार तहमा बढुवा गर्न समेत माग गरेको छ । 

    प्रादेशिक कार्यालयका जीर्ण भवनमध्ये आगामी आवको बजेटमा कम्तीमा प्रादेशिक कार्यालय, भरतपुर र कैलालीको धनगढी कार्यालयका भवन निर्माणका लागि बजेटमा व्यवस्था गर्नुपर्ने सङ्गठनको माग छ ।

    विगत लामो समयदेखि पाठ्यपुस्तकको मूल्यवृद्धि नभएको र कच्चापदार्थको भाउ दोब्बर भएकाले तत्काल पाठ्यपुस्तकको मूल्यवृद्धिको पहल गर्न, केन्द्रमा बिग्रिएर थन्किएका मेसिनलाई तत्काल लिलाम प्रक्रिया अगाडि बढाउन, कागज लोड–अनलोड गर्दा लापरबाहीका कारण नोक्सान हुने अवस्था कम गर्न, केन्द्रमा अर्को पाठ्यपुस्तक भण्डारण बनाउन माग गरिएको छ ।

    प्रकाशित मिति :जेठ ३० २०८० मंगलवार - १४:१३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij