Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

संकटकाल लगाउने अधिकार भएको निकायको बैठक ओलीले बोलाए पछि संकटकालको उठ्यो कुरा !

संकटकाल लगाउने अधिकार भएको निकायको बैठक ओलीले बोलाए पछि संकटकालको उठ्यो कुरा !


  • 16.3K
    Shares

    संकटकाल लगाउने अधिकार भएको निकायको बैठक ओलीले बोलाए पछि संकटकालको उठ्यो कुरा !
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि बेला संकटकालको सिफारिश गर्ने तयारी गरेका छन् । उनले देशमा उत्पन्न पछिल्लो घटनाक्रमलाई दृष्टिगत गरी संकटकाल लगाउने तयारी गरेका हुन् ।

    प्रतिनिधि सभा विघटनपछि देशमा राजनीतिक अस्थिरता बढिरहँदा प्रधानमन्त्री ओलीले कडा कदम चाल्न सक्ने संकेतहरु गरिरहेका छन् । उनले आजै राष्ट्रिय सुरक्षा परिषदको बैठक डाके ।

    आजै मन्त्रिपरिषदको बैठक पनि डाकेका छन् । सुरक्षा परिषद बैठकलगत्तै मन्त्रिपरिषद बैठक डाक्नुलाई चासोका साथ हेरिएको छ ।
    प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतले आजबाट हेर्दा हेर्दैमा राखेको छ । कुनैपनि दिन फैसला आउनसक्छ ।

    प्रधानमन्त्री ओलीले फैसला आउनुपूर्व सुरक्षा निकायसँग छलफल बढाएका छन् । यसलाई संकटकाल घोषणासम्मको अग्रिम तयारीका रुपमा हेरिएको छ ।

    वैशाखमा निर्वाचन घोषणा गरिएको र संसद पुनःस्थापना नभए चुनावमा जानुपर्ने हुन्छ । तर, चुनाव गर्न नसके अर्को संकट आउन सक्छ । त्यतिबेला प्रधानमन्त्री ओलीले संकटकाल सम्मको घोषणा गर्न सक्ने चर्चा चल्दै आएको छ ।

    सुरक्षा परिषदले  देशमा संकटकाल लगाउने,सेना परिचालन गर्ने,देशमाथि खतरा आइपर्दा सीमा सुरक्षासम्बन्धी निर्णय गर्नेजस्ता यावत काम गर्दछ ।

    राष्ट्रिय सुरक्षा परिषदको बनोट यसप्रकारको छ :

    (क) प्रधानमन्त्री – अध्यक्ष

    (ख) नेपाल सरकारको रक्षा मन्त्री – सदस्य

    (ग) नेपाल सरकारको गृहमन्त्री – सदस्य

    (घ) नेपाल सरकारको परराष्ट्र मन्त्री – सदस्य

    (ङ) नेपाल सरकारको अर्थमन्त्री – सदस्य

    (च) नेपाल सरकारको मुख्य सचिव – सदस्य

    (छ) प्रधान सेनापति, नेपाली सेना – सदस्य

    प्रकाशित मिति :फाल्गुण ११ २०७७ मंगलवार - १२:२४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij