Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान होइन, विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान होइन, विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता


  • 2.6K
    Shares

    गेटामा  स्वास्थ्य विज्ञान प्रतिष्ठान होइन, विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

    गेटामा शहीद दशरथ चन्द राष्ट्रिय विज्ञान विश्वविद्यालय स्थापना गरिने प्रतिबद्धता प्रधानमन्त्रीले गरेको नेकपा ९एकीकृत समाजवादी०का सांसद प्रेमबहादुर आलेले बताए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सांसद आले सहितको टोलीले प्रधानमन्त्री दाहाल र अर्थमन्त्री प्रकाशशरण महतसँग आज भेट गरेको थियो। एकीकृत समाजवादीको टोलीले कैलालीको गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न माग गरेको थियो।  

    प्रधानमन्त्री दाहाल र अर्थमन्त्री महतसँग यस सम्बन्धमा छलफल भएको र सरकारले विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको सांसद आलेले बताए। “विश्वविद्यालय सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीसँग हाम्रो छलफल भएको छ, ऐन ल्याउँदा विश्वविद्यालय बनाउने गरी ल्याउने तयारी सहितको सहमति भएको छ,” आलेले भने, “प्रधानमन्त्रीले आज नै संसद्लाई गर्ने सम्बोधनका क्रममा सो कुराको जानकारी गराउने पनि प्रतिबद्धता गर्नुभएको छ, अब गेटामा विश्वविद्यालय सञ्चालन हुन्छ।”

    डोटीबाट निर्वाचित सांसद आलेले धनगढी–खुटिया–दीपायल–बझाङको उरैभञ्ज्याङ हुँदै चीनको ताक्लाकोट जोड्ने सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरी चीनसँगको नाका अविलम्ब खोल्न आग्रह गरेका थिए। त्यसमा पनि प्रधानमन्त्री दाहालले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए।

    संघीय मन्त्रिपरिषद्ले गेटामा विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गत माघमै गरेको थियो। आगामी वर्षको नीति तथा कार्यक्रममा पनि गेटामा स्वास्थ्य सम्बन्धी विश्वविद्यालय सञ्चालन गरिने भनिएको छ।

    तर, सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै १०० शय्याको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा आन्दोलन शुरू भएको छ।
    जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञघटघछछ

    प्रकाशित मिति :जेठ २९ २०८० सोमवार - १३:२०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij