Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

जेठ ३२ गते दुई लघुवित्तको सम्पूर्ण कारोबार बन्द हुने, कुन–कुन परे ?

जेठ ३२ गते दुई लघुवित्तको सम्पूर्ण कारोबार बन्द हुने, कुन–कुन परे ?


  • 3.2K
    Shares

    जेठ ३२ गते दुई लघुवित्तको सम्पूर्ण कारोबार बन्द हुने, कुन–कुन परे ?
    images

    काठमाडौँ । जेठ ३२ गते दुई लघुवित्तको सम्पूर्ण कारोबार बन्द हुने भएको छ । 

    डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सम्पूर्ण कारोबार जेठ ३२ गते एक दिन बन्द हुने भएको हो । प्राप्ति प्रक्रिया पुरा गरी यी दुई कम्पनीले असार १ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् ।

    जेठ ३२ गते एक दिन कारोबार बन्द हुने हुँदा ग्राहकबर्गमा पर्न जाने असरप्रति दुबै कम्पनीले क्षमा मागेका छन् । गत असोज १४ गते डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्नका लागि प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनीले चैत १३ गते अन्तिम सम्झौता गरेका थिए । प्राप्ति पश्चा्त डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरू गर्न लागेको जनाएको छ ।

    प्राप्तिपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय चितवन, भरतपुरमा रहने कम्पनीले जनाएको छ । यी दुई कम्पनीलाई एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले जेठ ३ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुबै कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका छन् ।

    यी दुई कम्पनी समान हैसिएतमा एक हुन लागेका हुन । यस वर्ष आदर्श लघुवित्तले २० प्रतिशत र डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेका छन् ।

     

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १६:२८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij