Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्दै सरकार

विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्दै सरकार


  • 9.4K
    Shares

    विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्दै सरकार
    images

    काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको छ । वार्ताको वातावरण बनाउनका लागि सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको हो ।

    राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा मन्त्रीपरिषदले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ ।त्यसका लागि बालुवाटारमा सुरक्षा परिषदको बैठक लगत्तै मंगलबार मन्त्रीपरिषदको बैठक बोलाइएको छ ।

    विप्लव नेतृत्वको नेकपाका गतिविधिले राष्ट्रिय सुरक्षा तथा स्थायित्वमा असर परेको भन्दै परिषदकै सिफारिसमा मन्त्रीपरिषदले विप्लव नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो । 

     

    प्रकाशित मिति :फाल्गुण ११ २०७७ मंगलवार - ११:०६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij