Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

गाडी दुर्घटना हुदाँ एकको मृत्यु, पाँच जना घाइते

गाडी दुर्घटना हुदाँ एकको मृत्यु, पाँच जना घाइते


  • 2.0K
    Shares

    गाडी दुर्घटना हुदाँ एकको मृत्यु, पाँच जना घाइते
    images

    बुटवल । तिलोत्तमाको सीमा क्षेत्र योगिकुटीमा आइतबार बिहान गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

    भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्करपियो आफै अनियिन्त्रत भई बिजुलीको पोलमा ठोक्किँदा श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका १७ वर्षीय सुसान श्रेष्ठ, १८ वर्षका विप्लव श्रेष्ठ, ४५ वर्षका सुरेन्द्र श्रेष्ठ, ३१ वर्षका विज्ञान श्रेष्ठ तथा ३५ वर्षका विशाल श्रेष्ठ छन् ।

    घाइतेहरुको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - ०९:२१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij