Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बारपाक घटनाको निष्पक्ष छानबिन गर्न डा.भट्टराईको माग

बारपाक घटनाको निष्पक्ष छानबिन गर्न डा.भट्टराईको माग


  • 5.8K
    Shares

    बारपाक घटनाको निष्पक्ष छानबिन गर्न डा.भट्टराईको माग
    images

    पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा बारपाक घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। नेता भट्टराईले  सोमबार सामाजिक संजाल ट्वीटमार्फत उक्त घटनाको निष्पक्ष छानबि गर्न माग गरेका हुन्। हाल डा.भट्टराई उपचारका क्रममा भारतको नयाँ दिल्लीमा छन्।

    उनले ट्वीटमा लेखेमा छन्- ज्यादै दु:खद घटना ऐतिहासिक बारपाक-सुलीकोटको! घटनाको निष्पक्ष र तथ्यगत छानबिन होस्! सहर मात्र हैन गाउॅघर कुनाकाप्चाका घटनाप्रति पनि उत्तिकै संवेदनशील बनौं।'

    गोरखाको बारापाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा शनिबार राती एउटै घरमा सुतेका एक पुरुष र दुई महिला आइतबार मृतावस्थामा भेटिएका थिए।मृतावस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेका छन् । मुखबाट फिज निस्किरहेको अवस्थामा शव भेटिएकाले कुनै विषक्त खानेकुरा खाएको हुनसक्ने अनुमान गरिएको छ। 

    प्रकाशित मिति :फाल्गुण १० २०७७ सोमवार - २०:३१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij