Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

२९ जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो

२९ जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो


  • 2.9K
    Shares

    २९ जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो

    काठमाडौँ । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीशको माग गरेको छ ।

    आयोगको परीक्षा महाशाखाले नेपालको संविधानको २०७२ को धारा १४९ को उपधारा (२) को खण्ड ख र ग बमोजिम जिल्ला न्यायाधीशको पदमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    आयोगका अनुसार आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, २ महिला, २ आदिवासी–जनजाति, २ मधेशी र १ दलित गरी २९ जनाको माग गरेको हो ।

    दरखास्त दिन सूचना प्रकाशित भएको ३० दिन भित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिन सम्म दिन सकिने छ। दरखास्तका लागि २ हजार परीक्षा दस्तुर तोकिएको छ भने समावेशी पदका लागि थप ५ सय तोकिएको छ ।

    हेर्नुस् विज्ञापन:

    Nyayadhish_.jpg

    प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार - ०९:१८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij