Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सर्बोच्चले छोड्न आदेश दिए लगत्तै फेरि किन बास्तोलालाई समात्यो प्रहरीले ? यस्तो छ कारण 

सर्बोच्चले छोड्न आदेश दिए लगत्तै फेरि किन बास्तोलालाई समात्यो प्रहरीले ? यस्तो छ कारण 


  • 7.6K
    Shares

    सर्बोच्चले छोड्न आदेश दिए लगत्तै फेरि किन बास्तोलालाई समात्यो  प्रहरीले ? यस्तो छ कारण 
    images

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न आदेश दिएको छ । लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको छ ।

    सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको हो ।

    थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कानुनी कार्यविधि पालना नगरी म्याद थप माग गर्दा र दिँदा के कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी केवल फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएको सर्वोच्चले उल्लेख गरेको छ।

    सर्वोच्चले वास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो । बास्तोला माथि अरु मुद्दा समेत भएकोले प्रहरीले नियन्त्रणमा लिएको हो। रिहा भएलगत्तै बास्तोलालाई सर्वोच्चको गेटबाट प्रहरीले बलपूर्वक पक्राउ गरेको छ ।

    अब पनि सोही विषयमा पक्राउ गरिए प्रहरीलाई नै कारबाही गरिने अदालतको आदेशमा भनिएको थियो ।

    प्रकाशित मिति :फाल्गुण १० २०७७ सोमवार - १७:०७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij