Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

संसद पुनः स्थापना भए सांसद किनबेच र तमासा हुन्छ भन्दै ओलीले गरे चिन्ता, पोखे यस्तो दुखेसो 

संसद पुनः स्थापना भए सांसद किनबेच र तमासा हुन्छ भन्दै ओलीले गरे चिन्ता, पोखे यस्तो दुखेसो 


  • 6.8K
    Shares

    संसद पुनः स्थापना भए सांसद किनबेच र तमासा हुन्छ भन्दै ओलीले गरे चिन्ता, पोखे यस्तो दुखेसो 
    images

    काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना भए फेरि सांसद किनबेच र तमासाको राजनीति शुरू हुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चिन्ता ब्यक्त गरेका छन् ।

    केही दिनमा प्रतिनिधिसभा विघटन सम्बन्धी फैसला आउने र देश निर्वाचनमा होमिले उनले बताए । 

    कञ्चनपुरको वेदकोट नगरपालिकामा सोमवार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आयोजनामा छेला औद्योगिक क्षेत्र शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए देश निर्माणको काम प्रभावित हुने बताए ।

    ‘अब यदि पुनःस्थापना हुने हो भने के हुन्छ, यसो कल्पना गरौं । पुनःस्थापना हुने भयो भने प्रधानमन्त्री खोज्न हिँड्नुपर्छ, प्रधानमन्त्री खोज्न पार्टी खोज्न हिँड्नुपर्छ । कुनै पार्टीको बहुमतको सरकार हुँदैन, त्यसो भएपछि समीकरणका अनेक खेल, सांसद किनबेच कसलाई कुन पद, भागबण्डा त्यही तमासाको राजनीति फेरि शुरू हुन्छ,’ ओलीले भने । 

    अबको २–३ दिनमा सर्वोच्चबाट फैसला आउने ओलीले विश्वास गरे । प्रधानमन्त्री ओलीले आफूहरूको ध्यान विकास र निर्माणतर्फ केन्द्रित रहेको बताए ।

    प्रकाशित मिति :फाल्गुण १० २०७७ सोमवार - १६:५७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij