Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सरकारसँग वार्ता गर्न विप्लब राजी भएपछि सर्वोच्चले धर्मेन्द्र बास्तोलालाई रिहा गर्न दियो आदेश

सरकारसँग वार्ता गर्न विप्लब राजी भएपछि सर्वोच्चले धर्मेन्द्र बास्तोलालाई रिहा गर्न दियो आदेश


  • 7.5K
    Shares

    सरकारसँग वार्ता गर्न विप्लब राजी भएपछि सर्वोच्चले धर्मेन्द्र बास्तोलालाई रिहा गर्न दियो आदेश
    images

    काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएको छ ।

    न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गरिदिन आदेश दिएको हो ।

    बास्तोलाको तर्फबाट अनिमा बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।

    महानगरीय प्रहरी वृत्त, सिंहदबारमा राखिएका नेता बास्तोलालाई सुनसरी जिल्ला प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा अघि बढाएको थियो ।

    यसअघि अदालतले छाड्न आदेश दिएपनि उनलाई पुनस् पक्राउ गरिएको थियो । सहज वातावरण बने सरकारसँग वार्ता गर्न सकारात्मक रहेको विप्लवले शनिबार विज्ञप्तिमार्फत जानकारी गराएका थिए ।

    153663948_745577459427452_2310064284200004737_n.jpg

    152649096_1609872295869498_6619546601440770989_n.jpg

    प्रकाशित मिति :फाल्गुण १० २०७७ सोमवार - १६:४५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij