Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बैंकको सेयर ह्वातै खस्किदा हाइड्रोको सेयरमा यसरी आयो उभार, कतिको भयो आज कारोबार ?

बैंकको सेयर ह्वातै खस्किदा हाइड्रोको सेयरमा यसरी आयो उभार, कतिको भयो आज कारोबार ?


  • 7.4K
    Shares

    बैंकको सेयर ह्वातै खस्किदा हाइड्रोको सेयरमा यसरी आयो उभार, कतिको भयो आज कारोबार ?
    images

    १ दशमलव २४ प्रतिशतले घटेर नेप्‍से २६०७ दशमलव ६७ बिन्दूमा पुग्दै नेप्से परिसूचक आज ३२ दशमलव ६७ अंकले खस्किएको छ ।

    जलविद्युत समूह र अन्य समूहबाहेक सबै समूहको परिसुचक खस्किएपछि नेप्से ओरालो लागेको हो । जलविद्युत समूहको परिसुचक २ दशमलव २६ प्रतिशतले बढेको छ । जलविद्युत समूहमा उछाल आउँदा अँखुखोला जलविद्युत कम्पनीको सेयर मुल्यमा सर्किट ब्रेकर नै लाग्यो । अपर तामाकोशीको सेयर मुल्यमा समेत ९ दशमलव ९ दशमलव ८३ प्रतिशतले बढेको छ ।

    खानीखोला हाइड्रो, शिवश्री हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, युनियन हाइड्रोपावर र राधी जलविद्युतको सेयर मुल्यमा उच्‍चदरमा वृद्धि भएको छ ।

    सोमबारको कारोबारमा ट्रेडिङ समूहको परिसुचकमा सबैभन्दा ठुलो गिरावट आयो । ट्रेडिङ समूहमा ३ दशमलव ०२ प्रतिशतले घटेर २९७२ दशमलव ८ बिन्दूमा पुगेको छ ।

    बैंकिङ समूहको परिसूचक २ दशमलव ७२ प्रतिशतले घट्यो । यो परिसूचक १८७६ बिन्दूमा पुगेको छ । २ दशमलव ३५ प्रतिशतले घटेर विकास बैंकको परिसूचक २६८९ दशमलव ४५ बिन्दूमा पुगेको छ ।

    सोमबार ८ अर्ब ४० करोड रुपैयाँ बराबर कारोबार पुगेको छ । ७८ हजार ८ सय ५८ पटकको कारोबारमा दुई करोड १६ लाख १४ हजार ४ सय ५२ कित्ता सेयर कारोबार भएको छ ।

    सबैभन्दा बढी कारोबार एनआइशी एसिया बैंकको भएको छ । ३८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको यो बैंकको सेयर मुल्य ९ सय १८ रुपैयाँ छ । निफ्राको ३२ करोड १२ लाख रुपैयाँ बराबर कारोबार भएको छ । त्यस्तै बजार पुँजीकरण ३५ खर्ब ९३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

    प्रकाशित मिति :फाल्गुण १० २०७७ सोमवार - १६:३७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij