Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

उपयोगविहीन ३३ बिघा ऐलानी जग्गामा महानगरपालिकाले तरकारी खेती गर्ने 

उपयोगविहीन ३३ बिघा ऐलानी जग्गामा महानगरपालिकाले तरकारी खेती गर्ने 


  • 1.5K
    Shares

    उपयोगविहीन ३३ बिघा ऐलानी जग्गामा महानगरपालिकाले तरकारी खेती गर्ने 
    images

    वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वडा नं ३१ लक्ष्मीपुरस्थित उपयोगविहीन ३३ बिघा ऐलानी जग्गामा सामूहिक तरकारी खेती गर्ने तयारी गरेको छ । महानगरबाट खटिएको जनप्रतिनिधि र कर्मचारीसहितको टोलीले लक्ष्मीपुरमा उपयोगविहीन रहेको ३३ बिघा चार कठ्ठा १० धुर ऐलानी जग्गामा सामूहिक तरकारी खेतीका लागि छुट्याएको छ ।

    तरकारीबाली पकेट विकास कार्यक्रमअन्तर्गत उक्त जग्गा स्थानीयस्तरमा कृषि समूह गठन गरी तरकारी खेतीका लागि जिम्मा लगाइने महानगरपालिकाको कृषि शाखाका प्रमुख कृषि अधिकृत रोशनी यादवले जानकारी दिइन् ।

    बेरोजगार रहेका स्थानीयलाई कृषि कर्ममा आकर्षित गरी आत्मनिर्भर बनाउन र किसानहरूको आयआर्जन बढाउने उद्देश्यले उपयोगविहीन खेतीयोग्य ऐलानी जग्गामा सामूहिक तरकारी खेती गर्ने तयारी गरेको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।

    तरकारी खेतीका लागि जग्गा छुट्याउन गएको टोलीमा महानगरको भौतिक संरचना नियन्त्रण समितिका संयोजक प्रदीप चौरसिया, महानगरप्रमुख सिंहको सचिवालय सल्लाहकार हरि पोखरेल, महानगरको आर्थिक विकास महाशाखाका अधिकृत प्रतिज्ञा वैद्य, नगर प्रहरी प्रमुख हरि भुुसाल, अमिन देवलाल साहलगायतको सहभागिता थियो ।

    किसान महासङ्घको प्रदेश अध्यक्षमा चौधरी

    नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासङ्घ मधेस प्रदेशको वीरगन्जमा सम्पन्न प्रदेश अधिवेशनले निरञ्ज चौधरीको अध्यक्षतमा ५१ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा आशिकीकुमारी गिरी र पुरनदेव चौधरी, सचिवमा रामप्रसाद घिमिरे, उपसचिवद्वयमा रामेश्वर साह र अञ्जना पन्त, कोषाध्यक्षमा सुलेखा अग्रवाललाई चयन गरेको छ ।

    यस्तै समितिको सदस्यमा जयप्रकाश गुप्ता, बचनलेव पञ्जियार, ओमप्रकाश साह कानुलगायतलाई चयन गरेको महासङ्घका  केन्द्रीय अध्यक्ष प्रेमकुमार दङ्गालले जानकारी दिए। अधिवेशनको एक कार्यक्रमका बीच एमालेका सचिव रघुवीर महासेठले गरेका थिए ।


    प्रकाशित मिति :जेठ २५ २०८० बिहिवार - ०९:२७:०२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij