Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

चितवन मेडिकल कलेजमा उपचाररत पूर्वसांसद रानाभाटको निधन

चितवन मेडिकल कलेजमा उपचाररत पूर्वसांसद रानाभाटको निधन


  • 5.0K
    Shares

    चितवन मेडिकल कलेजमा उपचाररत पूर्वसांसद रानाभाटको निधन
    images

    पूर्वसांसद एकनाथ रानाभाटको आज निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उहाँको निधन भएको हो । 
     
    उच्च रक्तचापका कारण मस्तिष्काघात भई १६ दिनदेखि उहाँको मेडिकल कलेजमा उपचार भइरहेको थियो ।  रत्ननगर नगरपालिका वडा नं १४ पिठुवा निवासी रानाभाट विसं २०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेका अनुसार विसं २००९ कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा उहाँको जन्म भएको थियो । 
      
    रानाभाट नेपाली कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षलगायत विभिन्न पदमा रही कार्य गर्नुभएको थियो । उहाँका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उहाँको मङ्गलबार बिहान देवघाटमा अन्त्येष्टि गरिँदैछ । 
     
    कांग्रेस चितवनले शोक वक्तव्य जारी गर्दै पार्टीले एक निष्ठावान् नेता गुमाएकामा दुःख प्रकट गरेको छ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले उहाँको निधनले सिङ्गो कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । उहाँका अनुसार बिहान ८ः३० बजेदेखि एक घण्टा उहाँको शव पार्टी कार्यालय नारायणगढमा राखिनेछ । 

    प्रकाशित मिति :फाल्गुण १० २०७७ सोमवार - १६:३१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij