Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

चिकित्सकसँग परामर्श लिँदै बाबुराम, भोलि अस्पताल भर्ना हुने

चिकित्सकसँग परामर्श लिँदै बाबुराम, भोलि अस्पताल भर्ना हुने


  • 6.1K
    Shares

    चिकित्सकसँग परामर्श लिँदै बाबुराम, भोलि अस्पताल भर्ना हुने
    images

    काठमाडौं । उपचारका लागि भारतमा रहेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चिकित्सकसँग परामर्श गरेका छन् । डा. प्रोफेसर विक्रम भाटियासँग उनले परामर्श लिएका हुन् ।

    भारतको नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा भर्ना भई भट्टराईको  स्वास्थ्यको थप परीक्षण हुने जसपा केन्द्रीय सदस्य तथा भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । उनका अनुसार भट्टराईलाई मंगलबार अस्पतालमा भर्ना गरिनेछ ।

    भट्टराई स्वास्थ्योपचारका लागि नेपाल वायुसेवाको जहाजबाट आइतबार दिल्ली गएका हुन् । पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण र उपचार गराइरहेका उनलाई चिकित्सकले दिल्ली जान सल्लाह दिएको पाण्डेले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :फाल्गुण १० २०७७ सोमवार - १६:०४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij