Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

फैसला सुनाउनु अघि प्रधानन्यायाधिश राणाले किन आजै भेटे प्रधानसेनापति थापालाई ? यसरी तयार हुँदैछ फैसला 

फैसला सुनाउनु अघि प्रधानन्यायाधिश राणाले किन आजै भेटे प्रधानसेनापति थापालाई ? यसरी तयार हुँदैछ फैसला 


  • 30.8K
    Shares

    फैसला सुनाउनु अघि प्रधानन्यायाधिश राणाले किन आजै भेटे प्रधानसेनापति थापालाई ? यसरी तयार हुँदैछ फैसला 
    images

    काठमाडौं । आज सोमवार,सर्वोच्च अदालतले सरकारद्वारा असामयिक अवसान गराइएको जनताले आफ्नानिम्ति कानून बनाउने सर्वोच्च निकाय प्रतिनिधिसभाको भाग्य र भविष्य टुंगो लगाउन अब तीन दिन मात्र बाँकी । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग प्रधानसेनापति पूर्णचन्द्र थापाले भेट गरेका छन्। थापा सोमबार अपरान्ह १ बजे सर्वोच्च अदालत पुगेर करिब एक घण्टा बिताएका थिए ।

    सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च अदालतको निर्माण हुन लागेको भवन सेनाको जग्गामा पर्ने भएकाले त्यसबारे कुरा गर्न प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई बोलाएका हुन्।

    पुस ५ गतेको विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेका १३ वटा रिट निवेदनमाथिको बहस,जवाफी बहस र एमिकस क्युरीको राय लिने काम शुक्रबारदेखि सकिएको छ । भोली  ११ गतेसम्म बहस नोट बुझाउन म्याद दिइएको छ । सम्भवतः मंगलबार र पर्सि बुधवार संवैधानिक इजलासका न्यायाधीशहरूबीच छलफल हुनेछ ।

    सबै न्यायाधीशलाई अदालतमा पेश हुँदाका बखतको रिट निवेदन र प्रतिउत्तरको सफ्ट कपी उपलब्ध गराइसकिएको छ । अब सम्भवतस् पाँच जनाले एक एक वटा विषयमा पाँच भाग लगाएर ठहर खण्ड लेख्नुहुनेछ । सम्भवतः सबैले बढीमा दुई पृष्ठ ठहर लेख्ने  यस्ता मामिलाका बिज्ञ एक पूर्व न्यायाधीशले बताएका छन्  ।

    अदालती प्रक्रियाअनुसार प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले एकजना न्यायाधीशलाई संसदीय परम्पराको बारेमा लेख्न लगाउन सक्नेछन  । त्यसपछि अर्कालाई पुराना फैसला र नजिरहरूको विश्लेषण गर्न लगाइनसक्छ । अहिलेको संवैधानिक व्यवस्थाको विश्लेषण तेस्रो न्यायाधीशको जिम्मा पर्न सक्छ । बाँकी विषय र राजनीतिक प्रश्नको बारेमा चौथोलाई जिम्मा दिने गरी प्रक्रिया अघि बढाइएको हुनसक्ने स्रोतको दाबी छ । ती सबै लेखिएपछि ढिलोमा बिहिबारभित्र फैसला हुनेछ । १३ गते नै सुनाउने भनेर प्रधानन्यायाधिशले इजलासका अन्य न्यायाधिश संग सल्लाह गरिसकेका छन्।

    प्रकाशित मिति :फाल्गुण १० २०७७ सोमवार - १५:२२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij