२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले ६८ जिल्लामा अध्यक्ष र सचिव टुँगो लगाएको छ । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा विवाद उत्पन्न भएको हो ।
जसमा पुष्पकमल दाहाल समूहले ३५ जिल्ला र माधवकुमार नेपाल समूहले ३३ जिल्लामा नेतृत्व लिएका छन् । यसअघि प्रचण्ड-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। एक समूहको नेतृत्व केपी ओलीले गरेका छन् भने अर्को पक्षको पुष्पकमल दाहाल "प्रचण्ड" र माधवकुमार नेपालले गरेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij