Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेशनल लाइफको ३५औं वार्षिक साधारण सभा, प्रस्तावित लाभांशसहित यी प्रस्ताव पारित

नेशनल लाइफको ३५औं वार्षिक साधारण सभा, प्रस्तावित लाभांशसहित यी प्रस्ताव पारित


  • 2.0K
    Shares

    नेशनल लाइफको ३५औं वार्षिक साधारण सभा, प्रस्तावित लाभांशसहित यी प्रस्ताव पारित
    images

    काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सभा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त सभा कम्पनीको लाजिम्पाट स्थित कन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।

    कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनश शेयर र ६ दशमलव ५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

    सभाले सचालक समितिको तर्फवाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को वासलात, आय व्यय हिसाब, नाफा नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

    सभाले लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने, वोनश शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव पारित गरेको छ ।

    त्यसैगरी कम्पनीको साधारण सभाले कम्पनी ऐन २०६३ को दफा १०५ (१) ग वमोजिम आर्थिक वर्ष २०७८/७९ मा भएको खर्च अनुमोदन गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।

    सभामा अध्यक्षले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले बीमा ब्यवसाय चुनौतिपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आर्थिक वर्ष २०७८/०७९ मा बीमाको पहुंचमा उल्लेखनीय बृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने आशा व्यक्त गरिन् ।

    आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क १५ प्रतिशतले बृद्धि भई रु.१,४४०।७६ करोड पुगेको छ । जीवन बीमा कोष २०.८४ प्रतिशतले बृद्धि भई रु।५,०८०.४२ करोड पुगेको छ ।

    कूल लगानी १९.८५ प्रतिशतले बृद्धि भई रु.४,७०३.९२ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र सो आ.व.२०७८/०७९ मा सो दर ९.९० प्रतिशत कायम रहेको छ ।

    नियामक निकायवाट जारी भएको लगानी निर्देशिका अनुरुप कम्पनी आफ्नो लगानी विविधिकरण गर्ने प्रक्रृयामा छ । विशेष गरी घरजग्गा ब्यवसाय र जल विद्युतमा लगानी बढाउन तर्फ कम्पनीले प्रयास गर्नेछ । यस्तै एक सहायक लगानी कम्पनी स्थापना गर्ने तर्फ पनि आ.व.२०७९/०८० मा प्रक्रृया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

    कम्पनीको नेपालगंज स्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा आ.व.२०८०/०८१ भित्र भवन निर्माण सम्पन्न हुने गरी कार्य अगाडि बढाइएको छ । यसवाट सो क्षेत्रमा कम्पनीको ब्यवसाय प्रवर्धन गर्न सहज हुनेछ । कम्पनीको अन्य शाखाहरुमा पनि क्रमशः यो प्रक्रृया शुरु गरिने छ ।

    कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ । यसै गरी कम्पनीको आ.व.२०७८/०७९ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशन अनुसार पर्याप्त फ्युचर बोनश प्रोभिजिङ गरेर बीमितहरुलाई दिइ आएको वोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको छ ।

    कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशतल ७३,९२,८९१ रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गर्न सफल भएको छ । त्यस्तै, सभामा अध्यक्षले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास ब्यक्त गरिन् ।

     

    प्रकाशित मिति :जेठ २२ २०८० सोमवार - १४:२३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij