Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ जना घाइते

पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ जना घाइते


  • 4.1K
    Shares

    पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ जना घाइते
    images

    पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

    रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप रैनादेवीछहरा गाउँपालिका–८ सत्यवतीमा आज साँझ ५ बजेको समयमा दुर्घटना भएको हो। दुर्घटनामा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएको वडाध्यक्ष रेमबहादुर रानाले बताए। घाइतेलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि बुटवलतर्फ पठाइएको वडाध्यक्ष रानाले बताए।

    घटनास्थलमा इलाका प्रहरी कार्यालय मुझुङ, प्रहरी चौकी बल्ढेङ्गढी र इलाका प्रहरी सालझण्डीबाट प्रहरी जवान उद्धारमा खटिएका छन्। यो समाचार तयार पार्दासम्म मृतकको पहिचान हुन सकेको छैन। दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    प्रकाशित मिति :जेठ २१ २०८० आइतवार - २०:३७:१३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij