Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

चीनमा पहिरोमा परेर १४ जनाको मृत्यु, पाँच बेपत्ता

चीनमा पहिरोमा परेर १४ जनाको मृत्यु, पाँच बेपत्ता


  • 2.2K
    Shares

    चीनमा पहिरोमा परेर १४ जनाको मृत्यु, पाँच बेपत्ता

    चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ । प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । 

    घटनामा अन्य पाँच जना बेपत्ता भएका स्थानीय सञ्चर विभागले जनाएको छ । सहरको जिनकोहे जिल्लाको योङसेङ टाउनशिपको एक जङ्गल क्षेत्रमा बिहान ६ बजेतिर पहिरो खसेको थियो ।  

    घटनापछि बेपत्ताको खोजी गर्न एक सय ८० जनाभन्दा बढीको उद्धार टोली घटनास्थलमा खटाइएको र उनीहरूको खोजी कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । 

     

    प्रकाशित मिति :जेठ २१ २०८० आइतवार - १७:२२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij