Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

प्रचण्डलाई ८ करोड बुझाएको बात लागेका आयल निगमका हाकिम पेट्रोलको मूल्य १४० पुर्याऊँदै

प्रचण्डलाई ८ करोड बुझाएको बात लागेका आयल निगमका हाकिम पेट्रोलको मूल्य १४० पुर्याऊँदै


  • 9.5K
    Shares

    प्रचण्डलाई ८ करोड बुझाएको बात लागेका आयल निगमका हाकिम पेट्रोलको मूल्य १४० पुर्याऊँदै
    images

    काठमाण्डौ । तत्कालिन एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) लाई ८ करोड रुपैयाँ बुझाएर आयल निगमको कार्यकारी निर्देशक बनेको आरोप खेपेका नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पेट्रोलको मूल्य १४० पुगे अन्यथा नमान्दा हुन्छ भन्दै एक पत्रिकालाई अन्तर्वार्ता दिएका छन्।  

    कार्यकारी निर्देशक पौडेलले अरबौँ रुपैयाँ अनियमितता गरेको भन्दै छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गरिएको उजुरीमा प्रचण्डलाई ८ करोड रुपैयाँ बुझाएर पौडेल कार्यकारी निर्देशक बनेको उल्लेख छ। 

    अख्तियारमा पौडेलबिरूद् परेको उजुरीको दर्ता नम्बर ऋ ०२४७२५ हो।

    उजुरीमा भनिएको छ– पौडेल आयल निगममा नियुक्त हुने बेलामा उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयका तत्कालिन एनेकपा (माओवादी)को भागमा परेको थियो। आपुर्ती मन्त्री थिए, मातृका यादव।

    डिपो प्रमुखसँग मासिक ५ लाख रुपैयाँसम्म असुल्ने गरेका पौडेल माथि अख्तियारले गुप्त छानबिन गरिरहेको छ। 

    सरकारले खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त गर्ने परिपाटीको सुरुवात गरेपछि उदयपुर सिमेन्ट उद्योगमा रहेका पौडेल आयल निगमको कार्यकारी निर्देशकको प्रतिस्पर्धामा सहभागी भएका थिए।

    प्रतिस्पर्धामा सहभागीमध्ये पौडेलसहित ३ जनाले लिखितमा नाम निकालेका थिए। 

    तत्कालिन एमाले नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको सहयोगमा पौडेलले प्रचण्डलाई खुमलटारस्थित उनकै निवासमा भेटेर पैसाको ‘डिल’ गरेको आयल निगम श्रोतले बिएल नेपाली सेवालाई बतायो। 

    ‘प्रचण्डसँग ८ करोडमा पौडेलको ‘डिल’ फाइनल भएको थियो,’ उजुरीमा अगाडी भनिएको छ, ‘प्रचण्डलाई पौडेलले ८ करोड बुझाएपछि तत्कालिन आपूर्तिमन्त्री यादवले प्रचण्डकै निर्देशनमा मन्त्रीपरिषद् बैठकमा आयल निगमको कार्यकारी निर्देशकमा पौडेलको नाम सिफारिस गरेका थिए।’

    घटेका बेला नघटाउने, बढेका बेला अलि हतार गर्ने देखियो नि भनेको प्रश्नमा पौडेलले भने - स्वचालित मूल्य प्रणालीमा निगमलाई न्यूनतम ५ प्रतिशत नाफा राखेर मूल्य तय गर्ने अधिकार छ तर हामी त्यसरी गएकै छैनौं । हामीले नाफाभन्दा पनि आर्थिक स्थिरतालाई बढी ध्यान दिएका छौं । मूल्य बढाउने बेला बरु घटाएका छौं तर मनलागी गरेका छैनौं । निगम घाटामा गयो भने तर बोनस बाड्ने कार्यले पौडेलले प्रचण्डलाई ८ करोड बुझाएको पुष्टी हुने कर्मचारी वृतमा चर्चा छ।

    प्रकाशित मिति :फाल्गुण १० २०७७ सोमवार - १२:४०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij