Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

श्रीलङ्काको पर्यटन आय मे महिनामा २०० प्रतिशतको वृद्धि

श्रीलङ्काको पर्यटन आय मे महिनामा २०० प्रतिशतको वृद्धि


  • 1.5K
    Shares

    श्रीलङ्काको पर्यटन आय मे महिनामा २०० प्रतिशतको वृद्धि
    images

    श्रीलङ्काको पर्यटन क्षेत्रको आयमा गत मे महिनामा २०० प्रतिशतको उल्लेखनीय वृद्धि भई १३ करोड १५ लाख अमेरिकी डलर पुगेको श्रीलङ्काको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ । 

    श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए)का अध्यक्ष प्रियन्था फर्नान्डोले शनिबार सञ्चारकर्मीसँग भने, “मे महिना पर्यटक आगमनका लागि खासै महत्वपूर्ण नमानिए पनि यो उल्लेखनीय वृद्धि भएको हो ।

    सन् २०२२ को मे महिनामा पर्यटनबाट ४ करोड ३५ लाख अमेरिकी डलर आम्दानी गरिएको तथ्याङ्कले देखाएको छ ।

    सन् २०२३ को पहिलो पाँच महिनामा कुल ८२ करोड ७८ लाख अमेरिकी डलर पर्यटन आय भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३०.४ प्रतिशतले बढी हो । 

    श्रीलङ्कामा यस वर्षको पहिलो पाँच महिनामा पाँच लाख २४ हजार ४८६ विदेशी पर्यटक भित्रिएको तथ्याङ्कले देखाएको छ । श्रीलङ्काको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने मुलुकमध्येको एक पर्यटन क्षेत्र कोभिड–१९ को महामारी र दक्षिण एशियाली मुलुकमा आर्थिक तथा राजनीतिक सङ्कटका कारण धराशायी भएको छ।

    प्रकाशित मिति :जेठ २१ २०८० आइतवार - ०९:४१:१० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij