२०८२ भाद्र ८ गते आइतवार
काठमाण्डौ। प्रदेश २ का लागि प्रदेश प्रमुखमा नियुक्त हुनुभएका राजेश झा अहिराजलाई प्रदेश २ सरकारले स्वागत नगर्ने जनाएको छ ।
प्रदेश २ सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश प्रमुखलाई आफूहरुले स्वागत नगर्ने प्रतिक्रिया दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ सरकारलाई कमजोर गर्न र बदनाम गराउने नियतले यस्ता गतिविधिहरु गरिरहेको उहाँको भनाइ छ । यस्तो कार्यलाई जनताले स्वीकार नगर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।
प्रदेश २ को प्रमुखमा नियुक्त झा कार्यभार सम्हाल्न हिजै जनकपुर पुगिसक्नु भएको छ । नवनियुक्त प्रदेशप्रमुख अहिराजले पदभार सम्हाल्दै प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा आफूले भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिनुभएको छ ।
संघीयता अनुसार प्रदेश गठन भएसँगै सुरुमा रत्नेश्वरलाल कायस्थलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि कायस्थलाई हटाएर तिलक परियारलाई नियुक्त गरिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij