Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

अफ्रिकन स्वाइन फिवरबाट ४ सय बङ्गुर मरे, २ करोडको क्षति, किसान चिन्तित

अफ्रिकन स्वाइन फिवरबाट ४ सय बङ्गुर मरे, २ करोडको क्षति, किसान चिन्तित


  • 1.8K
    Shares

    अफ्रिकन स्वाइन फिवरबाट ४ सय बङ्गुर मरे, २ करोडको क्षति, किसान चिन्तित
    images

    गलकोट । अफ्रिकन स्वाइन फिवरका कारण धमाधम बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । धमाधम बङ्गुर मर्न थालेपछि यहाँका किसान लाखौँको नोक्सानी व्यहोर्न बाध्य भएका छन् । 

    बागलुङ नगरपालिका–१, २, ३ र ४ मा व्यावसायिकरूपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिवरका कारण हालसम्म ४०० बङ्गुर मरेको किसानको भनाइ छ । बागलुङ बजार क्षेत्रमा ५४ किसानले व्यावसायिक बङ्गुरपालन गर्दै आएकामा अहिले धमाधम बङ्गुर मर्न थालेपछि किसानलाई २ करोड रुपैयाँ बराबरको क्षति पुगेको बङ्गुरपालक किसान डिलमाया थापाले बताइन्

    धमाधम सुँगुर र बंगुर मर्न थालेपछि पशु सेवा विज्ञले परीक्षण थालेका छन् । भेटिरिनरी अस्पताल तथा पशु सेवा केन्द्र बागलुङका वरिष्ठ पशु चिकित्सक डा.ऋषिराम सापकोटाका अनुसार बंगुरमा अफ्रिकन स्वाइन फिभर नामक भाइरस हुन सक्ने आशंका छ ।

    केही महिनाअघि बागलुङको जैमिनी नगरपालिकामा पहिलोपटक बंगुरको परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर नामक भाइरस देखापरेको थियो । मरेका पशुको मासु नखान पशु सेवा केन्द्रले आग्रह गरेको छ । बागलुङमा तीन सयभन्दा बढी किसानले १२ हजारको संख्यामा सुँगुर र बंगुर पाल्दै आएको तथ्यांक छ ।

    प्रकाशित मिति :जेठ १९ २०८० शुक्रवार - ११:३७:४० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij