Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुनको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी, आज प्रतितोला ८ सयले बढ्यो, चाँदीको कति ?

सुनको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी, आज प्रतितोला ८ सयले बढ्यो, चाँदीको कति ?


  • 2.9K
    Shares

    सुनको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी, आज प्रतितोला ८ सयले बढ्यो, चाँदीको कति ?

    काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको मूल्यसूची अनुसार शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको हो । बजेट सार्वजनिक भएयता अर्थात जेठ १५ गतेपछि चार दिनमा सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले बढेको छ । 

    सरकारले बजेटमार्फत सरकारले सुनको भन्सार दर परिवर्तन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन महङ्गिएको कारण र भन्सार दर परिवर्तन भएको कारण सुन आकाशिन पुगेको व्यवसायीहरू बताउँछन् । जेठ १५ गते सोमबारसम्म प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यसअघि सुनमा मूल्यको आधारमा नभई परिमाणको आधारमा  सरकारले भन्सार लगाउँदै आएको थियो। जसमा प्रति १० ग्राम सुनमा ८ हजार ५ सय रुपैयाँ भन्सार तोकिएको थियो । अब नयाँ व्यवस्था अनुसार प्रति केजी सुनको मूल्य जति पर्छ त्यसको १५ प्रतिशत भन्सार दर लाग्ने व्यवस्था गरिएको छ ।

    सरकारको नयाँ व्यवस्थाअनुसार अब भन्सार शुल्क सुनको मूल्य बढ्दा बढ्छ र घट्दा शुल्क पनि घट्छ । सरकारले भन्सारदर वृद्धि गरेका कारण सुनको मूल्यमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । 

    अन्तर्राष्ट्रिय मूल्य अस्थिर भएको कारण सुनको भाउ कतिसम्म पुग्छ भन्ने अनुमान गर्न कठिन रहेको उनी बताउँछन् । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्दा १९ सय डलरमा झर्ने अनुमान गरिएको छ भने बढ्यो भने २१ सय डलरसम्म पुग्ने देखिन्छ । 

    उनले भने, “सुनको भाउ बढेको खण्डमा यसअघिको भन्सारदरका आधारमा करिब १ लाख १५ हजार पुग्ने र अहिलेको भन्सारदर अनुसार प्रतितोला १ लाख २० हजार रुपैयाँसम्म पुग्ने सक्ने अनुमान छ ।” 

     

    प्रकाशित मिति :जेठ १९ २०८० शुक्रवार - १०:४६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij