२०८२ माघ ७ गते बुधवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २७ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ७० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा ५ हजार ८८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार ८१० रुपैयाँमा चाँदी कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij