२०८२ माघ ७ गते बुधवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा आज सुन मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा ५ हजार ९२० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार ८८० रुपैयाँमा चाँदी कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij