Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

विदेश घुम्न जाने नेपालीले ५ प्रतिशत कर तिर्नुपर्ने

विदेश घुम्न जाने नेपालीले ५ प्रतिशत कर तिर्नुपर्ने


  • 2.0K
    Shares

    विदेश घुम्न जाने नेपालीले ५ प्रतिशत कर तिर्नुपर्ने
    images

    विदेश घुम्न जाने नेपालीले ५ प्रतिशत कर तिर्नुपर्ने भएको छ। आर्थिक विधेयक २०८० मार्फत विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपालीले पर्यटकले भुक्तान गर्ने रकममा ५ प्रतिशतका दरले कर लाग्ने भएको छ। 

    सरकारले वैदेशिक पर्यटन शुल्क लिनकोलागि वैदेशिक भ्रमणको प्याकेज विक्रेताले प्याकेज विक्रीको बखतमा लगाउने छ। फर्म वा कम्पनीले पर्यटन शुल्क बापत संकलन गरेको रकम अर्को महिनाको २५ गतेभित्र राजश्व खानामा जम्मागरी राजश्व कार्यालयमा पठाउनु पर्छ।

    आर्थिक विधेयक अनुसार कुनै व्यक्तिले वैदेशिक पर्यटन शुल्क वापतको रकम दाखिल नगरेमा पार्षिक १५ प्रतिशतका दरले ब्याज लगाई असुल गर्ने छ। 

    त्यसैगरी विदेश जाने विवरण पेश नगरेमा त्यस्तो व्यक्तिलाई विवरण पेश गर्नु पर्ने मितिबाट यस्तो वितरण दाखिला नभएको मितिसम्मको वार्षिक २।५ प्रतिशतका दरले हुने रकम शुल्क लाग्ने छ।

    अर्थमन्त्री प्रकाशसरण महतले विदेश जाने पर्यटकलाई कर लगाउँदा आन्तरिक पर्यटनका लागि फाइदा पुग्ने बताएका छन्। बजेटपछि मन्त्रालयमा पत्रकार सम्मेलनगरी नेपालको पर्यटन प्रवर्द्धन गर्न कर लगाएको स्पष्टीकरण दिएका थिए।

     

    प्रकाशित मिति :जेठ १७ २०८० बुधवार - १७:१७:५१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij